- बहिरङ्ग सेवा (OPD): सर्वसाधारणका लागि सामान्य स्वास्थ्य परीक्षण, परामर्श तथा विशेषज्ञ डाक्टरहरूको
क्लिनिक सञ्चालन।
- अन्तरङ्ग सेवा (IPD): बिरामीहरूलाई अस्पतालमा भर्ना गरी चौबीसै घण्टा निगरानी, नर्सिङ हेरचाह र वार्ड
व्यवस्थापन।
- आकस्मिक तथा ट्रमा सेवा (Emergency): आकस्मिक दुर्घटना वा गम्भीर बिरामीहरूको तत्काल उपचार, सघन
उपचार र एम्बुलेन्स सेवा समन्वय।
- शल्यक्रिया तथा विशेषज्ञ सेवा: परिष्कृत शल्यक्रिया कक्ष (OT) सञ्चालन, जटिल उपचार र विभिन्न विधाका विशेषज्ञ
सेवाहरू।
- निदानात्मक तथा प्रयोगशाला सेवा: उच्च प्रविधियुक्त ल्याब परीक्षण, एक्स-रे, भिडियो एक्स-रे (USG), सिटी स्क्यान
र एमआरआई।
- अस्पताल फार्मेसी सेवा (Pharmacy): सही मात्रामा औषधि वितरण गर्ने, बिरामीलाई औषधि सेवनसम्बन्धी परामर्श दिने र आकस्मिक औषधिको
मौज्दात सुरक्षित राख्ने।
- दर्ता तथा बिलिङ शाखा (Registration & Billing): प्रारम्भिक बिरामी दर्ता, ओपिडी/आकस्मिक टिकट जारी
गर्ने, अस्पतालका सम्पूर्ण सेवाहरूको केन्द्रीकृत राजस्व संकलन गर्ने र सरकारी स्वास्थ्य बिमा दाबी प्रक्रिया अगाडि
बढाउने।
- आर्थिक परिचालन तथा लेखा परीक्षण: बजेट विनियोजन, दैनिक खाता लेखापरीक्षण, वित्तीय प्रतिवेदन, मेडिकल
उपकरण खरिद प्रक्रिया र नगद प्रवाह (Cash Flow) ट्र्याकिङ।
- गुणस्तर नियन्त्रण र कानुनी पालना: राष्ट्रिय स्वास्थ्य मापदण्ड र कानुनी नियमहरूको पूर्ण पालना सुनिश्चित गर्ने।
- बायोमेडिकल उपकरण मर्मत सम्भार: भेन्टिलेटर, डायलाइसिस, इसिजी र ल्याबका संवेदनशील मेसिनहरूको
नियमित मर्मत र क्यालिब्रेसन।
- सङ्क्रमण नियन्त्रण र फोहोर व्यवस्थापन: अस्पतालजन्य हानिकारक फोहोरको वैज्ञानिक विसर्जन र कक्षहरूको
नियमित निसङ्क्रमण।
- नागरिक बडापत्र र गुनासो सुनुवाइ: सेवाग्राहीका लागि स्पष्ट बडापत्र, सल्लाह सुझाव पेटिका र गुनासो व्यवस्थापन
समिति।