स्थानिय स्तरमा चिकित्सा सेवा विस्तार कार्यक्रम
प्रदेश अस्पताल बेनीको आयोजनामा गलेश्वर जेष्ठ नागरिक वृद्ध आश्रममा स्थानिय स्तरमा चिकित्सा सेवा विस्तार कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा डा. हेमन्त बाँस्तोला, डा. रामु सापकोटा, डा. समीर भण्डारी तथा हेल्थ असिस्टेन्ट विनय सुनारको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत भिडिओ एक्सरे, स्त्री रोग सेवा तथा स्वास्थ्य सम्बन्धी अन्य विभिन्न सेवाहरु प्रदान गरिएको थियो। कार्यक्रममा जम्मा ४५ जना सेवाग्राहीहरुले स्वास्थ्य सेवा लिएका थिए।