• बहिरङ्ग सेवा (OPD): सर्वसाधारणका लागि सामान्य स्वास्थ्य परीक्षण, परामर्श तथा विशेषज्ञ डाक्टरहरूको

क्लिनिक सञ्चालन।

  • अन्तरङ्ग सेवा (IPD): बिरामीहरूलाई अस्पतालमा भर्ना गरी चौबीसै घण्टा निगरानी, नर्सिङ हेरचाह र वार्ड

व्यवस्थापन।

  • आकस्मिक तथा ट्रमा सेवा (Emergency): आकस्मिक दुर्घटना वा गम्भीर बिरामीहरूको तत्काल उपचार, सघन

उपचार र एम्बुलेन्स सेवा समन्वय।

  •  शल्यक्रिया तथा विशेषज्ञ सेवा: परिष्कृत शल्यक्रिया कक्ष (OT) सञ्चालन, जटिल उपचार र विभिन्न विधाका विशेषज्ञ

सेवाहरू।

  • निदानात्मक तथा प्रयोगशाला सेवा: उच्च प्रविधियुक्त ल्याब परीक्षण, एक्स-रे, भिडियो एक्स-रे (USG), सिटी स्क्यान

र एमआरआई।

  • अस्पताल फार्मेसी सेवा (Pharmacy): सही मात्रामा औषधि वितरण गर्ने, बिरामीलाई औषधि सेवनसम्बन्धी परामर्श दिने र आकस्मिक औषधिको

मौज्दात सुरक्षित राख्ने।

  • दर्ता तथा बिलिङ शाखा (Registration & Billing): प्रारम्भिक बिरामी दर्ता, ओपिडी/आकस्मिक टिकट जारी

गर्ने, अस्पतालका सम्पूर्ण सेवाहरूको केन्द्रीकृत राजस्व संकलन गर्ने र सरकारी स्वास्थ्य बिमा दाबी प्रक्रिया अगाडि
बढाउने।

  • आर्थिक परिचालन तथा लेखा परीक्षण: बजेट विनियोजन, दैनिक खाता लेखापरीक्षण, वित्तीय प्रतिवेदन, मेडिकल

उपकरण खरिद प्रक्रिया र नगद प्रवाह (Cash Flow) ट्र्याकिङ।

  • गुणस्तर नियन्त्रण र कानुनी पालना: राष्ट्रिय स्वास्थ्य मापदण्ड र कानुनी नियमहरूको पूर्ण पालना सुनिश्चित गर्ने।
  • बायोमेडिकल उपकरण मर्मत सम्भार: भेन्टिलेटर, डायलाइसिस, इसिजी र ल्याबका संवेदनशील मेसिनहरूको

नियमित मर्मत र क्यालिब्रेसन।

  • सङ्क्रमण नियन्त्रण र फोहोर व्यवस्थापन: अस्पतालजन्य हानिकारक फोहोरको वैज्ञानिक विसर्जन र कक्षहरूको

नियमित निसङ्क्रमण।

  • नागरिक बडापत्र र गुनासो सुनुवाइ: सेवाग्राहीका लागि स्पष्ट बडापत्र, सल्लाह सुझाव पेटिका र गुनासो व्यवस्थापन

समिति।